डडेलधुरामा आज थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि

dadeldhura

डडेलधुरा–डडेलधुरामा आज थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालमा ६४ वटा नमुना परीक्षण गरिएकोमा २ जनाको रिपोट पोजेटिभ आएको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बताए । उनका अनुसार सङ्क्रमित हुनेमा अमरगढी नगरपालिका–८ का १ जना र धनुषा जनकपुरका १ जना रहेका छन् । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

प्रकाशित:
2020/10/03, 9:46