आहा ! ‘भू-स्वर्ग’ खप्तड (फोटो फिचर)

khaptad
तस्बिरः–भूपाल रावल
सुदूर प्रेस संवाददाता

धनगढी–नेपालकै प्रचुर सम्भावना बोकेको पर्यटकीय स्थल हो सुदूरपश्चिम प्रदेशमा रहेको खप्तड ।  समुन्द्री सतहबाट करिब ३३ सय फिट उचाइ र दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र धार्मिक रूपमा पवित्र मानिन्छ।

खप्तड क्षेत्रमा रहेका २२ वटा ठूल–ठुला पाटनमा फुलेका रङ्गीबिरङ्गी फूलले पर्यटकको मन तान्छन्। ठूल–ठुला ढुङ्गामा नाग ढुङ्गा, हरिन चरिजेठी बहुरानी, छिन्टे ढुङ्गा, रयाइ घट्ट छ्याई पानी, भिम लौणी लगायतका आकृति रहेका छन्। सहस्र लिङ्ग, त्रिवेणी, खप्तड बाबा आश्रम, खापर दह, त्रिवेणी, माईकाथान जस्ता शक्तिपीठहरु रहेका छन्। ती शक्ति पीठमा पूजाआजा गर्नाले चिताएको पूरा हुने विश्वास रहँदै आएको छ। 

२०४० देखि राष्ट्रिय निकुञ्ज बनेको खप्तड जैविक विविधताले भरिएको छ। यस क्षेत्रको सुरक्षाका लागि ०४७ देखि नेपाली सेनाको ब्यारेक स्थापना गरिएको छ। खप्तडमा २०० भन्दा बढी प्रजातिका फूल, बहुमूल्य जडीबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेलगायतका जन्तु–पक्षी पाइन्छन्। यति धेरै सम्भावना बोकेको खप्तडको पर्यटकीय विकाशका लागी सरकारी स्तरबाट भने खासै पहल भएको छैन । यदि यो क्षेत्रमा पूर्वाधार निर्माण गर्ने हो भने सुदूरपश्चिमको समृद्धि खप्तडबाटै हुने पर्यटनकर्मी बताउँछन । प्राकृतिक सुन्दरताले भरिपूर्ण खप्तड पुगेपछि मन आनन्दित नहुने को होला र ।

खप्तड यात्राका क्रममा धनगढीका भूपाल रावलले केही मनमोहक तस्बिर कैद गरेका छन् । 

 

Image may contain: sky, outdoor and nature

Image may contain: cloud, sky, tree, mountain, plant, outdoor and natureImage may contain: Bhupal Rawal, standing, outdoor and natureImage may contain: 2 people, including Bhupal Rawal, people standing, cloud, sky, outdoor and natureImage may contain: tree, plant, outdoor and natureImage may contain: plant, sky, cloud, tree, grass, outdoor and natureImage may contain: 2 people, including Bhupal Rawal, people standing, tree, outdoor and natureImage may contain: sky, tree, cloud, house, plant, outdoor and natureImage may contain: sky, plant, tree, cloud, grass, outdoor and natureImage may contain: sky, cloud, mountain, tree, outdoor and natureImage may contain: mountain, sky, cloud, nature and outdoorImage may contain: sky, plant, tree, outdoor and nature

प्रकाशित:
2020/11/04, 7:20