सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– आंशिक बदली भइ पहाडी भू-भागका केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ । राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।

महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

भोलि (बिहीबार) आंशिक बदली भइ कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।  

प्रकाशित:
2023/06/07, 7:35