कञ्चनपुर– कञ्चनपुर नेपालको पश्चिम भागको अन्तिम जिल्ला हो । महाकाली नदीले देशको सिमाना निर्धारण गरेको छ । पञ्चेश्वर परियोजनाको नजिकको केन्द्र जसले समृद्धिको सपना बोकेको छ । ६१० बर्गकिलोमिटर क्षेत्रफल ओगेटर रहेको यस जिल्लामा बहुभाषिक बहुसास्कृतिक भेसभुसा भएका मानिसहरु बसोबास गर्ने यस जिल्लामा राना थारु लगायत अन्य समुदायका मानिस पहाडी जिल्लाबाट बसाइसरी आएका छन । पर्यटन क्षेत्रको समृद्दीका लागि यो जिल्ला निकै महत्वपपूर्ण जिल्ला हो । जहा बाट धेरै मानिस नेपाल भारतहुने गर्दछन । अस्ति भर्खरै मात्र जर्मन राजदुत यसै नाकाबाट सडक बाटो प्रयोग गरि आफ्नो देश निस्केका थिए । यस नाकाबाट नेपाल भित्रने पर्यटकको संख्या राम्रो छ । पछिलो बर्ष मात्रै यो नाकाबाट झन्डै ४८०० पर्यटक नेपाल भित्रिएका छन् । कन्चनपुर जिल्लामा एउटा रास्ट्रीय निकुन्ज छ भने केहि धार्मिक स्थलहरु छन् । एसियाकै सबै भन्दा लामो झोलुंगेपुल पनि यहि जिल्लामा अवस्थित छ जसले यहाको आन्तरिक पर्यटनमा निकै टेवा पुर्याई रहेको छ । धेरै मानिस यहि पुललाई अबलोकन गर्न धोधरा पुग्ने गरेका छन ।
३०५ वर्ग किलोमिटर क्षेत्रफलको भू(बनौटले बनेको शुक्लाफाटा निकुन्ज केहि समय अघि सम्म बन्यजन्तु आरक्षको रुपमा रहेको थियो । बनजंगलको मात्रै सरंक्षण नभएर बन्यजन्तुको पनि सरंरक्षण यस निकुन्जले गरेको छ । संसारकै झुण्डमा हिड्ने लोपुन्मुख प्राणी कृष्णशारका लागि नेपालमै सबै भन्दा बढी प्रसिद्द छ । साथै चरा अबलोकनका लागि पनि शुक्लाफाटा निकुन्जको निकै महत्व छ । २४ प्रजातिका स्तनधारी जिबजनावर ३०० प्रजातिका चरा चुरुंगी यस निकुन्ज भित्र देख्न पाइन्छ । भने बाह्रसिँगा को सबै भन्दा ठुलो बथान पनि यसै क्षेत्रमा देख्न पाइन्छ । थुप्रै ताल तलैया रहेको यस क्षेत्रले पर्यटन बिकासमा टेवा पुर्याउने छ । यहाको अर्को प्रसिद्द ठाउँ भनेको लिंगा कालीताल बेताकोटताल रानीताल पनि यहाँका प्रमुख आकर्षण हुन् । जसले पिकनिक गन्तब्यको रुपमा आफ्नो परिचय स्थापित गरेका छन् आन्तरिक पर्यटनको बलियो आधार तय गरेको छ । यस क्षेत्र भित्रै थुप्रै अन्य पर्यटकिय गन्तब्यहरु छन ।
दोधारा चाँदनी नगरपालिका
साबिक दोधारा र चाँदनी गाँउपालिकालाई समेटेर तयार पारिएको दोधारा चादनी नगरपालिकाले ५८ बर्गकिलोमिटर क्षेत्रफल ओगेटेको छ जहाँ १० वटा वडा रहेका छन् । अधिकतम तापक्रम ३८ डिग्री देखि न्युनतम तामक्रम ७ डिग्री सम्म हुने यस क्षेत्रमा ३५ प्रतिशत दलित समुदाय छन् । अन्य क्षेत्री ब्राह्मण जनजाति समुदायका मानिसहरु बसोबास गर्दछन । अधिकांस कृषि पेशामा संलग्न यस क्षेत्रका मानिस रोजगारीका लागि भारतका बिभिन्न शहरसम्म पुग्ने गर्दछन । चाडबाडका समयमा घर फर्किने बाहेक अन्य समयमा भारतमै काम गर्न बाध्य यस क्षेत्रका युवा समुहलाई सिपमुलक काममा लगाउन सकियो भने निकै चाडै आर्थिक क्षेत्रमा फड्को मार्न सक्छ । बिभिन्न जिल्ला बाट बसाइसरी आउने मान्छेहरुले यहाँको संस्कृतिक विभिधता लाई बोकेको छ । बिभिन्न जात समुदायका मानिस यहाँ मिलेर बसेका छन् । जिबन निर्वाहपूर्ण खेतीपातीमा संलग्न यहाँका मानिसहरु अनपेइड सिपाई पनि हुन् जो भारतीय सिमा संग तारतम्य मिलायर बसेका छन् । यहि नगरपालिका वरपर अथवा महाकालीकै कालापानीमा सिमा मिचिएको खबर हामी सबैले सुन्दै आएका छौ तर यस नगरपालिका क्षेत्रभित्र आज सम्म सिमा बिबादको सुइँको पनि छैन यस्तो विसम परिस्थितिमा बसेका यहाँका मानिसलाई कहिले काही जंगली हातिले भने दुख दिने गरेको छ । भर्खरै मात्रै दुईजना महिलाले अकालमै ज्यान गुमाए यो दुखद कुरा हो । दक्षिण तर्फ भारतीय जंगल पुर्वमा शुक्ल्लाफाटा निकुन्ज अवस्थित यस नगरपालिकालाई महाकाली नदीले पनि बार्षिक रुपमा दुख दिने गर्छ । जो हाम्रो नेतृत्वको गलत निर्णयले गर्दा उत्पन्न परिस्थिति हो । खोला नदीको धारलाई कृत्रिम तरिकाले परिवर्तन गर्दा हुने सक्ने क्षेतीको अकालं नगरिकन गरिएको महाकाली सन्धिको परिणाम आज सम्पूर्ण कन्चनपुर बासीले भोग्नु परिरहेको छ । हरेक बर्ष बर्सादमा बाढीको सामना अनि हिउदमा सुख्खा ग्रस्त समस्याले सबैलाई सताएको छ । आफ्नै भुमि बाट उत्पति भएर बग्ने नदि आफनै नियन्त्रणमा नहुनुको पिडा स्थानीय बासीलाई जति कसलाई होला यी तमाम समस्याका बिचमा पनि केहि आस लाग्दा अवसर भने यस क्षेत्रमा छन् । पर्यटन गन्तब्यको पहिलो रोजाई हो दोधाराचादनी र यसमा बनेको झोलुंगेपुल अनि नदीकिनारको सामुन्द्रिक झल्को दिने बालुवा र पानी सुदुर पुग्ने अधिकांस मानिसको रोजाइमा पर्छ । यो क्षेत्र राज्यको न्यून लगानीका बीच पनि उठ्ने प्रयास गर्ने यसै नगरपालिकाको केहिपर भारतीय सिमा संग जोडिएर बसेको एउटा गाउ छ जसको नाम जोगबुडा हो जहाँ झन्डै ४०० घरधुरी मानिस मिलेर बसेका छन । उनीहरुको सास्कृतिक बिभिदता बिभिन्न अध्ययता भ्रमणकर्ताको अनुसन्धानको पाटो बन्न सक्छ ।
पर्यटकीय गतिविधिका सम्भावना
आर्थिक बिकास सामाजिक एकीकरण र सामाजिक सदभावको सबै भन्दा बलियो डोरी हो पर्यटन ससारले यसै ब्यबसायबाट बिकासकमा उचतम नमुना पेश गरेका छन् । हामी हाम्रो शरीरको फोहर फाल्न सक्दैनौ हामी हाम्रो कला सिप क्षमताको प्रस्तुति कसरी गर्छौ । भन्नेकुरा महत्वपूर्ण छ । यस्तै परिवेश बोकेको महाकालीनदि माथिको एसियाकै लामो झोलुंगे पुल पर्यटन आकर्षणको केन्द्रबिन्दु हो तेस्तै नजिकै अवस्थित शुक्लाफाटा निकुन्जको अबलोकन पश्चात माहाकाली नदीकिनारमा सनसेट ९कगलकभत० अर्थात अस्ताउदो सुर्यको रोमान्चकारी दृश्यको आनन्दले यहाँ आउने पर्यटकलाइ मन्त्रमुग्ध पार्छ । अनि महाकाली नदिको माछाको स्वाद र स्थानीय परिकारले यहाँको बसाइलाई झनै कसिलो बनाउछ । झोलुंगे पुल किनारमानै थारु समुदायले चलाएको होमस्टे यहाँको बसाइको अर्को राम्रो पक्ष हो । झन्डै १ किलोमिटर जति लामो र्याफ्टिंगको मजा लिन पाइने यस नदीकिनारमा सामुन्द्रिक सुगन्धको आनन्द लिन सकिन्छ । लामो लामो बालुवाका लस्करले यहाँ घुम्नेमानिसलाई आनन्दको अनुभूति गराउछन । यहि क्षेत्रभित्र केहि कृत्रिम तालहरु पनि छन् । जहाँ मानिसले आराम गर्न सक्छन पानी संगै आफ्ना सुख दुखका सुस्केरा हाल्न सक्छन । कन्चनपुर भएर भित्रीने र बाहिरिने पर्यटकको स्वागत यहि नगरपालिका बाट गर्न सकियो र यसको कनेक्टिभिटी शुक्ला फाटा संग बढाउन सकियो भने यस क्षेत्रको मात्रै नभएर सम्पूर्ण सुदुरपश्चिमको पर्यटन ब्यबसाय अब्बल हुने कुरामा दुइमत छैन महाकली र भीमदत्त नगरपालिकाले आपसी सहकार्य गरि चारवटा ब् को कन्सेप्टमा काम गर्ने हो भने निकै धेरै पर्यटक लाई यस क्षेत्रमा भित्र्याउन सकिन्छ । जहाँ द्धब् . एट्रयाक्सन, एकोमेडेसन, एक्सेस , एडभरटाइजिङ को कन्सेप्टमा मिलेर काम गर्ने हो भने यस भेगले पनि पर्यटन ब्यबसाय लाई एउटा उधोगको रुपमा बिकसित गर्न सक्छ दोधरा चादनी निकै बलियो सम्भावना बोकेको ठाउ हो जहाँ सास्कृतिक विभिधतामात्रै छैन । प्राकृतिक सुन्दरता संगै बिना सुबिधाका सिमा रक्षक पनि छन् जहाँ नजिकै बाट भारतीय र नेपाली संस्कृति बुझ्न सहजता प्रदान गर्छ । जसले नेपाल भित्रीने र बाहिरिने पर्यटकलाइ राम्रो ज्ञान प्रदान गर्न सक्छ । तेस्का लागि नगरपालिकाले समन्यवकारी भूमिका निर्वाह गर्नु जरुरी छ । जसले यहाका आर्थिक गतिबिधि मा सकारात्मक असरहरु पर्ने छन् । जसले केहि मानिस लाइ रोजगारीको अवसर सिर्जना हुनेछ । अन्त्यमा एसियाकै लामो झोलुंगे पुलको सुन्दर दृश्यको अबलोकन गराएर पर्यटकलाई बिदा र स्वागत गर्न सकिन्छ यसो गर्न सकिएको खण्डमा महाकाली नगरपालिका र भिमदत्त नगरपालिका दुवै सफल हुन्छन । भीमदत्तले झिनो सफलतालाई नजिक बाट नियाल्दै पनि छ जसले हाम्रो समृद्दीको ढोका पनि खोलेर जान्छ बर्षौ देखि पोखरा चितवन काठमाडौं लुम्बिनीको सेरोफेरोमा अल्झिने पर्यटक लाइ हामी पनि हाम्रो ठाउसम्म ल्याउन मदत गर्छ जहाँ आम्दानि मात्रै होइन सस्कृति आदान प्रदान हुन्छ । जसले हाम्रा पछौटे कुरीतिमाथि जित हासिल गर्न पनि भूमिका निर्वाह गर्छ यसरी हामी सम्पन्नता को बाटो पहिल्याउन सक्छौ । होइन भने अब हाम्रो समाज अनि हामी मानब एकाइसौ सताब्दिका आदिम मानिस हुन् बेर छैन । जसका लागि पनि हामी र हाम्रो समाज अन्तरास्ट्रिय समुदाय संग जोडिनु आजको आवश्यकता हो । नयाँ नयाँ प्रबिधिको प्रयोग गरी सुबिधा सम्पन्न अनि बिशिस्ट पहिचान सहितको आधुनिक समाज निर्माणका लागि पर्यटन व्यवसायको अबलम्बन अनिवार्य सर्त हो । हामी देख्न सक्छौ पर्यटन ब्यबसायमा आबद्द हिमाली जिल्ला सोलुखुम्बु जहाँका मानिस अमेरिका युरोप छन् । जसले बिकटता भित्र पनि समृदिको मार्ग पहिल्याउन सफल भए हाम्रो त धरै सुगमता छ । हामी किन सक्दैनौ यस बिषयमा बहस छलफल हुनु आजको आवश्यकता हो । अनि यस्ता काम लाइ सफल बनाउन प्रदेश सरकार भनियको मृत्युतुल्य संस्था अनि सम्बन्धित निकाय जिम्मेवार हुनु अझ जरुरी छ ।
सुख्खा बन्दरगाह
बर्तमान उधोग मन्त्री लेख राज भट्ट द्वारा उद्घाटन भएको सुख्खा बन्दरगाहा तिन महिना भित्रै डीपीआर निर्माणको कार्य सम्पन्न हुदैछ । भारतको रास्ट्रिय राजमार्ग संग झन्डै तिन चार किलोमिटरको दुरीमा अवस्थित निर्माणाधिन सुख्खा बन्दरगाह सुदुर पश्चिम समृद्दी प्रवेश द्वार बन्न सक्ने छ जसले यस ठाउलाई रोजगारी मात्रै प्रदान गर्दैन समृद्द बनाउन पनि राम्रै योगदान पुर्याउने अवस्था छ महाकाली नदीमा निर्मित ८०० मिटर लामो ६ लेन को पक्की सडकले यहाँको सुगमता माथी इट्टा थप्नेकार्य गरेको छ । जसले दोधारा र चादनीलाई अझ नजिकबाट महेन्द्रनगर बजार सम्मको सहजता मार्ग प्रसस्त गर्दछ । निर्माणाधीन सुख्खा बन्दरगाह लाई दैजीको छेला र कैलालीको हरैया औधोगिक करिडोर संग जति चाडो जोड्न सक्यो समग्र सुदुर पश्चिम को उन्नति तेती नै द्रुत गतिमा अघि बढ्नेमा संखा छैन ।