रबिन्द्र अधिकारी युवा पुस्ताको निकै लोकप्रिय नेता,सानैदेखी राजनीतिमा लागेका स्वर्गीय रबिन्द्र दाइ एक कुशल ब्यबस्थापक थिए भन्ने कुरा उँहाले निर्वाह गरेका जिम्मेवारी बाट प्रस्ट हुन्छ । बिधार्थी राजनीति हुदै जिल्ला अनि केन्द्र सम्म उँहाको ब्यबस्थापन अब्बल साबित नै भयो ।
–लेखक डिल्ली राज पाठक
२०६४ सालको आमनिर्वाचन बाट केन्द्रीय राजनीतिमा होमिएका रबिन्द्र अधिकारी लगातार लोकप्रिय मतले निर्वाचन जित्दै आउनु भएको थियो । ०६४ संबिधान सभाको निर्वाचन पछिको जिम्मेवारीमा निकै अब्बल रुपमा प्रस्तुत हुनुभएका रबिन्द्र अधिकारी संबिधानसभा बाट बन्ने कानुनमा आफ्नो समितिलाइ सबै भन्दा बढी गतिशील र सफल बनाउन सक्ने पात्रका रुपमा परिचित भए । यसबाट थप राजनीतिक उचाई चुलिदै गयो उहाले नेतृत्व गरेको कुनै पनि कार्य असफल भएको कुनै दृस्टान्त बिरलै समाजमा प्रस्तुत भएहोलान निकै मिजासिलो स्वभावका आदरणीय दाजु स्व-रबिन्द्र अधिकारी संगको मेरोभेट रोजगारी खोज्ने शिलशिला अन्तर्गतनै भयो म त्रिभुवन विश्वबिधालयबाट ग्रामिण बिकास बिषयमा मास्टर लेभलको पढाइ सकेर काम खोज्दै युवा राजनीतिका सहकर्मी साथीहरुलाई सघाउने काम गर्थे काम खोजीको शिलशिलामा रबिन्द्र दाइ संग ठोकिन पुगे यो भेटमा माधब जी पनि संगै हुनहुन्थ्यो । उँहा ०७० को निर्वाचन पछी लगातार बिकास समितिको सभापति हुनुहुन्थ्यो र निकै लोकप्रिय हुनुहुन्थ्यो । गाँउ समाज यत्रा तत्र रबिन्द्र,गगन,योगेश ,बिश्व प्रकाश भन्ने नामले चर्चा नपाएको प्राय कमै हुन्थ्यो होला सामन्य चिनजान पछी म लाइ कामको आवश्यकता भएको कुरा माधबजी ले पनि राख्नु भयो । रबिन्द्र दाइले मेरो बारेमा बुझेपछि ठिकै छ नि तिमि म संग नै यहि बस बिकासका गतिविधिमा तिम्रो ज्ञानको उपयोग गर भन्नु भयो । हामी अन्तकतै जागिरका लागी गएका थियौ तर नसोचेको जवाफ पायासी हामी दुवै दंग नै भएर घर फर्कियौ । सारै रमाइलो पनि भयो एउटा लोकप्रिय युवानेता संग काम गर्न पाउनु अथवा नजिक हुन् पाउनु नि खुशीको कुरा थियो । बिकास समितिमा राजेन्द्र आचार्य दाइ हुनुहुन्थ्यो अनि धुर्ब जी कृष्ण जी अलि अघिबाट नै अरु काममा गैसक्नु भएको थियो । रमाइलो एउटा टिम थियो मैले उँहालाई के सहयोग गरे भन्दा पनि उँहाले म लाइ धेरै कुरा सिकाउनु भयो । सिकाउने उहाको रामाइलो तरिका थियो । ठाडो कहिलै भन्नु हुन्थेन कामकै माध्यम बाट अघिल्ला गल्तिलाई सच्याउने अवसर दिनु हुन्थ्यो । पिठियुको त्यो धाप हरेक दिन नया उर्जा दिन्थ्यो र भन्नु हुन्थ्यो के गरेर खान्छौ तिमीहरु ? अबको जमाना प्रविधिको हो क्षमताको हो । अब टालटुले कुरा र काम दुवै चल्दैनन् । जसले प्रबिधि संगत तरिकाले काम गर्न सक्दैन त्यो हरेका क्षेत्रबाट पछी पर्छ यसरी सकारात्मक उर्जाले भरीपूर्ण उँहाका अमृत बाणी आज मेरो जिन्दगीको एउटा बाटो बनेको छ । लेख्न सिकाउनु भयो लेख्ने कुरा सजिलो छैन । बिषयबस्तु छान्ने कुरा झनै कठिन हुन्छ । यी सबैकुरा रबिन्द्र दाइले सिकाउनु भयो बडा मिजासिलो स्वभावको रबिद्र दाइँ एक कुशल ब्यबस्थापक थिए भन्ने कुरा मेरो अन्तिम बुझाई हो ।
बिकास निर्माणमा रबिन्द्र दाइँको सोच र भूमिका
बिकास समिति एउटा संसदीय समिति हो । जसको काम कानुनको निर्माण गर्ने राज्य सत्ता संचालनमा सरकारलाई आवश्यक परामर्श गरी सहयोग गर्ने हो । यसलाई मिनी parliament पनि भनेर भन्दछन रबिन्द्र दाइकै पालामा हो धेरै मानिसले ससदीय समितिका कामहरुको बारेमा जानकारी पाएको नभए ससदीय समितिहरु गुमनाम नै हुन्छन प्राय । तेतिबेला कुनै समिती नियमित आफ्ना काममा अब्बल थियो भने त्यो थियो बिकास समिति,यत्रतत्र सर्बत्र चर्चाको बिषय थियो बिकास समिति अनि तेस्का सभापति स्व रबिन्द्र अधिकारीको । हसिलो पाराले सबैलाई समेटेर लैजान सक्ने क्षमताकाधनी आदरणीय दाई समितिका बैठकमा प्रस्तुत हुनु अगाबै आफ्नो पुर्ब तयारीलाई बिशेष प्राथमिकतामा राख्नु हुन्थ्यो । बिषय बस्तुको ज्ञानको अभाव मैले कहिलै देखिन या नजिर हुन् या दृस्टान्त अथवा कुनै सिदान्त । हरेककुराको पोख्त ज्ञानका बिच प्रस्तुत हुने उँहाले थुप्रैकाम राम्रो जिमेवारी बहन गरी निषकर्षमा पुर्याएका छन् चाहे त्यो कर्णालीमा सेनाले खनिरहेको सडकहोस् वा कालिगण्डकी करिडोर होस् फास्ट ट्रयाक होस् या गुमनाम रहेको नेपालको सबैभन्दा पुरानो बाटो हुलाकी राजमार्ग सबैमा निकै फलदायी भूमिका उँहाले निभाउनु भएको थियो । पछिल्लो समयमा खुलेर बिकासको बहसलाई आम समुदायमा ल्याउने युवापिढीको उँहा एकमात्र उतराधिकारी हो । हरेक ठाउमा उँहाले बिकासको बहसलाई बिधिलाई सिदान्तलाई पछ्याउन छोड्नु भएन । हरेक बैठकमा बिषय बस्तुको बिज्ञ बोलाएर उँहा सुझबुझका साथ् अन्तिम निर्णय लिनु हुन्थ्यो । ताकी तेस्को असर दिर्घकालिन होस बिकास निर्माणका कार्यमा नेपालको नयाँ कानुन थिएन पुरानो सात साले कानुनकै जगमा काम गर्नु पर्ने विषम परिस्थिति लाइ चिर्दै कयौ सजिला अनि जनमुखी,बिकासमैत्री कानुन निर्माण उहाले गर्नु भयो । द्रिड संकल्प अनि कठोर मेहनेतका साथ् प्रस्तुत हुने रबिन्द्र दाइँसंग दुखी हुने मानिस प्राय कमै होलान किनकी उँहा सबैलाई रिजाउन सक्नु हुन्थ्यो । राजिनितिमा भासण गर्ने कुरालाई प्राय हामी नेता मान्दछौ तर उँहा जनताका काम लाई प्राथमिकतामा राखेर हिड्नु हुन्थ्यो । बिहान ८ बजे बाट बेलुका १० बजे सम्म प्राय जसो काममा नै व्यस्त देखिने रबिन्द्र दाई आधारभन्दा पनि विश्वसनीय सूचना वा श्रोत लाई बढी महत्व दिनु हुन्थ्यो । जसको परिणाम देख्न पाइने होस् सुन्न पाइने होइन सुन्नका लागि त समाजबाद नामको एउटा शब्द नै काफी छ । तर ब्यबहारमा समाजबाद कसरी ? तेस्कालागी प्रयतन जरुरी हुन्छ भन्नु हुन्थ्यो । जति बैठकमा म पनि उपस्थित भए ती बैठकमा मैले कहिलै ठुलोकिसमको बादबिबाद देखिन सबै माननीयले आफ्ना बिचार राख्नु हुथ्यो सभापति ज्युले जनपक्षीय निर्णय गर्नु हुन्छ भन्दै निस्कनु हुन्थ्यो । चाहे त्यो प्रचण्ड उपस्थित बैठक होस् चाहे शेरबहादुर देउवा होस् या बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली,सबैले भरोसा र बिश्वास अन्तिम अवस्थामा रबिन्द्र दाइँमाथी नै गरेका हुन्थे र उहाले कहिलै पनि त्यो बिश्वास र भरोसालाई टुटन दिनु भएन । चाहे आफ्नै पार्टीको सरकार होस् वा अन्य पार्टीको सबैको साझा ब्याक्ति बनेर काम गर्नु भयो । तेसैको लोकप्रियतामा उहाले लागातार तेश्रो पटकको निर्वाचन पनि जित्नु भयो राजनीतिक दलप्रति बितृष्णा बढिरहेका बेला उँहा जनताको आशा र भरोसाको केन्द्रबिन्दुमा हुनुहुन्थ्यो । मधेश आन्दोनल चर्किएका बेला पाहडेमुलका धेरै लाई तराइमा अप्ठ्यारो स्थिति थियो । अन्यराजनीतिक दलका मानिस छर्न सक्ने अवस्था नै थिएन तर रबिन्द्र अधिकारी एक तेस्तो व्यक्ति हुन् जो मधेशमा पनि लोकप्रिय थिए । किन भने मधेशका कयौ मुद्दामा उहाले निर्णयक भएर काम गरेका थिए पूर्वाधार बिकास उहाको पहिलो प्राथमिकता थियो पुरावाधर्को बिकास गर्न् सकिएको खण्डमा अन्यबिकास का गतिबिधि समानान्तर भएर अघि बढी छन् भन्ने सोच थियो । बिकास निमार्ण प्रति उँहाको छुटै सोच थियो । तेसैको उपज समृद्द नेपाल पुस्तक पनि सार्वजनिक गर्नु भयो । बिकास निर्माणका कार्यमा अनियमितता गर्नेलाइ कारवाही हुनु पर्छ भन्ने बिचार उहाको थियो । कर्मचारी तवरबाट पनि राम्रो सहयोग उँहाले पाउनु आफ्नै स्पिडमा कामगर्न सक्ने कर्मचारी हुदा पनि धेरै कामहरु परिणाम मुखी हुन्छन तत्कालिन उपसचिव एक राम गिरी सरले पनि सभापतिको स्पिडलाइ मेनसन गरेरकाम गरिदिनु भयो । बैठकका निर्णयहरु सकेजति बैठकमै प्रस्तुत गर्नु भयो जसले बिश्वास को खाडल पुर्दै गयो । सफलतालाई उचाईमा पुर्याउन टिमवर्क चाहिन्छ भन्नु हुन्थ्यो । रबिन्द्र दाइले गरेको आफ्नो जिबन कालैकै सबै भन्दा बलियो अर्को निर्यण भनेको ततकालिन नाकाबन्दीका बेला नेपालका उत्तर तिरका नाका खोल्ने प्रयास जसले ततकालिन समयमा एउटा मध्यमार्गीधारको काम गर्यो । र नेपाली जनताले राहत महसुस गर्न पाए उँहाकै देन भन्नु पर्छ आज कोरोला नाका रसुवागढी नाकाबाट चिनिया समान भित्रिरहेको छ । चिनिया सम्झौताका बेला ततकालिन प्रधानमन्त्री केपी शर्मा ओलीका बिश्वास पात्र हुन्हुथ्यो । उँहाले गरेका धेरैकाम आज पनि हाम्रा अघि छन् प्राय प्यासिभ भूमिकामा हुने ससदीय समितिलाई उँहाले सक्रिय मात्रै होइन सरकारलाई पनि जवाफदेही बनाउनु भयो । सरकारलाई समितिका निर्देशनहरुको पालना गर्न लागाउनु भयो यो महत्वपूर्ण काम थियो । यसरी गतिशील भएर काम गर्ने रबिन्द्र दाइँ २०७४ को आमानिर्वाचमा पनि अत्याधिक मतलिएर बिजयी हुनु भयो र सरकारमा पर्यटन मन्त्रीको रुपमा नियुक्त हुनु भयो । बिभिन्न किसमका समस्याका बावजुत २०२० लाइ नेपाल भ्रमण बर्षको रुपमा मनाउने र २० लाख पर्यटकलाई नेपाल घुमाउने लक्ष्यसहित आफ्नो योजना सार्वजनिक गर्नु भयो । जसको महत्व पर्यटक भित्र्याउनु मात्रै थिएन पूर्वाधार बिकास पनि थियो । गौतमबुद्द अन्तरास्ट्रिय बिमानस्थल निर्माण,पोखरा अन्तरास्ट्रिय बिमानस्थल निर्माण,निजगड बिमानस्थल निर्माण र बिभिन्न ठुला परियोजनाका होटेलहरु स्थापना लगायतका थुप्रै कामहरु रबिन्द्र दाइको सपना थिए जसलाई साकारपार्न दिनरात नभनी दौडी रहे । जसबाट देशको समृद्दीहुने बाटो उँहाले देख्नु भएको थियो । समयको दुस्चक्रमा नपरेको भए सायद ती सबै सपनाहरु एक एक गर्दै पुरा हुने थिए तर सबै सोच अफसोचमा परिणत हुन् समय लागेन । दिउसो को १२ बजे रहेको थियो टेलिभिजनमा यसो बसिरहेको थिए मोबाइलमा म्यासेज आयो पर्यटन मन्त्री सवार हेलिकप्टर के भाको भनेर मत बेखबर थिए अक्क न बक्क भए हतार हतार धुर्वजी लाइ सम्पर्क गरे उँहाले पनि मसिनो स्वरमा खै सर तेस्तै खबर आइराछ भन्नु भयो । अनि राजेन्द्र दाइ कृष्णजी संग सम्पर्क गरे सबै उस्तै थिए अनि सामाजिक संजाल तिर घोत्लिय हेरिसक्नु थिएन । राम्रो खबर आउन पो समय लाग्छ नराम्रो खबर आउन के समय लागथ्यो जताततै तेही मात्रै खबर थियो । त्यो दिन सब आएन आओस पनि कसरी त्यो अनकन्टार ठाउबाट रातभर निन्द्रा परेन सबैले रबिन्द्र दाइ संग लिएको फोटो हालेर सम्झीरहेका थिए । दुर्भाग्य म संग एउटा नि फोटो रहेन छ संगै लिएको संगै छु किन चाहियो र भन्ने थियो तर चाहिदो रहेछ । त्यो दिन थाहा भयो भोलि पल्ट सब आयासी हामी पनि सानो गाडी लिएर पोखरा आर्यघाट तिर लाग्यौ रबिन्द्र अधिकारी पोखराका लागि कति प्रिय थिए भन्ने कुरा आर्यघाट पुग्दा नपुग्दै बाटैबाट अन्दाज गर्न सकिन्थ्यो । आर्यघाट अन्तिम श्रादान्जली दिएर त्यो रात हामी तेही पोखरामा बस्यौ भोलि पल्ट बिहान अनेरास्ववियु अध्यक्ष नविना दिदि सहित हामी रबिन्द्र दाइको घर पुग्यौ श्रद्दान्जली व्यक्त गरेर काठमाडौं फर्कियौ रबिन्द्र दाइँको कान्छो छोरा स्वराजले घर आउने जो सुकैलाई भावबिहल बनाइदिन्थ्यो । उसको बालापन यति सुन्दर थियो कि मान्छे आसु चुहाउन बाध्य हुन्थे । सबैकालागि दाहिना बन्ने पाथिभारा माता पनि दैबका अघि निरही साबित भइन । देशले एउटा भिजन भएको युवा पुस्तालोकप्रिय व्यक्ति गुमायो तर अब बचेका जिम्मेवारी समाल्न विधा भाउजु कसिनु भएको छ हाम्रो सधै साथ रहने छ । तपाइँ पनि क्षमतावान मान्छे हो । सपना देख्नेले साकार पार्ने हो ती सपनालाइ मुर्त रुपदिन हामी सबैले सहयोग गरी विधा भट्टराईलाई नेतृत्वतहमा लैजानु आजको आवश्यकता हो ।