काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दोहोर्याउनु भएको छ । सामाजिक सञ्जालमार्फत उहाँले विशेष महाधिवेशन पुस २७ मा नै हुने र पार्टी विभाजन नहुने प्रष्ट पार्नुभएको हो ।
उहाँले यदि पार्टी विभाजन हुने अवस्था आए महाधिवेशन हलबाट सबैभन्दा पहिले आफु बाहिरिने बताउनुभएको छ । उहाँले अहिलेको संवेदनशील र ऐतिहासिक घडीमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नु पर्ने अवस्था आएकको उल्लेख गर्दै उहाँद्ये सुझबुझपूर्ण दृष्टि, योजना र सङ्कल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढङ्गले अघि बढ्नु पर्ने बताउनुभयो ।
पार्टीको विधानमा भएको व्यवस्था कार्यान्वयन गर्नु पार्टी विभाजन गर्न नभएको उहाँलेले उल्लेख गर्नुभएको छ । सबै प्रतिनिधिलाई महाधिवेशनमा उपस्थित हुन पनि उहाँले आग्रह गर्नुभएको छ ।