सेती प्रादेशिक अस्पतालमा नयाँ बिरामीका लागि डायलासिस सेवा बन्द,सकसमा वीरामी

सुदूर प्रेस संवाददाता

धनगढी — डायलासिस सेवा लिने बिरामीको चाप अत्यधिक बढेपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले नयाँ भर्ना हुन आउने बिरामीलाई डायलासिस सेवा दिन नसक्ने जनाएको छ।

May be an image of text that says "प्रदेश वन निर्देशनालय, धनगढी, कैलाली को जनहितमा जारी सन्देश वन डढेलोको कारण, रोकथाम, नियन्त्रण तथा सावधानीका उपायका बारेमा सबै जानकार र सचेत बनौं I मानिस, वन्यजन्तु वन सम्पदाको अन्योन्याशत सम्बन्ध हुने भएकाले यो सम्बन्ध जोगाउनेतर्फ सबै सजग बनौं। प्राकृतिक सम्पदा, जैविक विविधता संरक्षण र सम्बद्रधनमा सबै लागौं वन क्षेत्रमा आगो लगाउनु, जथाभावी काँचो काठ काटनु, चोसिकारी ग्नु अपराध हो त्यसैले यस्ता क्रियाकलापमा संलग्न नबनौं। यदि कुने व्यक्ति यस्तो आपराधिक कार्यमा संलग्न भएको पाइएमा नजिकको वन तथा प्रहरी कार्यालयमा सम्पर्क गनहुन अनुरोध गरिस्छ यहाँहरुले दिएको सूचना पूर्ण रुपमा गोप्य रहनेछ। -प्रदेश वन निर्देशनालय"

अस्पताल प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गर्दै इमर्जेन्सी बाहेकका नयाँ नियमित बिरामीलाई डायलासिस सेवा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको हो।

 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेले आवश्यक उपकरण, दक्ष जनशक्ति र भवन संरचनाको अभावका कारण नयाँ बिरामीलाई सेवा दिन नसकिएको बताए। उनका अनुसार हाल अस्पतालमा २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना नियमित बिरामीलाई सेवा दिइँदै आएको छ।

'इमर्जेन्सी बिरामीलाई २४ सै घण्टा सेवा दिइरहेका छौँ। तर नयाँ बिरामी राख्ने न त ठाउँ छ, न त जनशक्ति र उपकरणले नै भ्याउँछ,' डा पाण्डेले बताए।

एक जना सूचीकृत बिरामीले हप्तामा दुई पटक डायलासिस गराउनुपर्ने हुन्छ। यही कारणले सेवा दिँदै जाँदा कतिपय दिन राति १० बजेसम्म काम गर्नुपरेको अस्पताल प्रशासनले जानकारी दिएको छ। बिरामीको चाप दिनानुदिन बढ्दै गएपछि बाध्य भएर सूचना निकालेर सेवा बन्द गर्नुपरेको डा पाण्डेले बताए। यस विषयमा प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइए पनि सुनुवाइ नभएपछि यस्तो निर्णय लिनुपरेको उनले बताए।

सेती प्रादेशिक अस्पताल सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पताल हो। प्रदेशका नौ वटै जिल्लाबाट मिर्गौला रोगी बिरामी यहाँ उपचारका लागि आउने गर्छन्। डायलासिस फाँटका इन्चार्ज शेरबहादुर महतराका अनुसार दैनिक कम्तीमा चार जना बिरामी सेवा नपाई फर्किन बाध्य छन्। 'हाल यस फाँटमा जम्मा १४ जना स्वास्थ्यकर्मी छौँ। बिहान ५ बजेदेखि राति ११ बजेसम्म सेवा दिइरहेका छौँ। एउटा बिरामीको डायलासिसपछि मेसिनलाई कम्तीमा आधा घण्टा सरसफाइ र ‘रेस्ट’ दिनुपर्छ, त्यसैले चाहेर पनि नयाँ बिरामी थप्न सकिने अवस्था छैन,' उनले बताए।

महतराका अनुसार कम्तीमा ५० वटा डायलासिस मेसिन र सोही अनुपातमा जनशक्ति उपलब्ध भए मात्र नयाँ बिरामीलाई सेवा दिन सकिने अवस्था बन्छ।

 

प्रकाशित:
२०८३ असार , ०८:३९
SPA
KN
Priya Gahana Pasal