सुदुरपश्चिमका पहाडी जिल्ला आउजाउ गर्न सकस,सडकभरी बाक्लो लेदो

पहिरो खसेपछि हिलाम्य वनेको वुढीतोला सडकखण्ड हिलोका कारण सवारी साधन फस्ने र यात्रुलाइ आउजाउ गर्न पनि समस्या भइरहेको छ ।
सुदूर प्रेस संवाददाता

धनगढी–गत सोमबार राती देखि अवरुद्ध सुदुरपश्चिम प्रदेशका सात पहाड जिल्ला लाइ तराइ सँग जोडने जोड्ने भीमदत्त राजमार्ग अझै पनि  नियमित रुपमा सञ्चालनमा आउन सकेको छैन । भीषण वर्षा पछि आएको पहिरोका कारण कैलालीको वुढीतोलमा सोमबार राती देखि अवरुद्ध सडकमा  शनिवार देखि एकतर्फी यातायात चले पनि बेलाबेला अवरुद्ध हुँदा यात्रु निक्कै मर्कामा परेका छन्  । सडक पुरै हिलाम्य छ । वर्षा जारी रहेकाले पहिरो खस्ने  र ठाउँठाउँमा सडक भाँसिने क्रम पनि जारी छ । लामो समय राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव र कालोबजारी हुन थालेको छ । शनिबारदेखि एकतर्फी यातायात चले पनि बेलाबेला अवरुद्ध भइरहेको छ। हिजो सोबवार पनि दिनभरी जसो सडक अवरुद्ध हुँदा यात्रुले निकै समस्या भोग्नु प¥र्यो ।  निरन्तर वर्षा भइरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सुचारु गर्न समस्या भइरहेको हो। कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा रुख ढलेर राजमार्ग पुनः अवरुद्ध हुन पुगेको छ। सोमबार दिउँसो रुख ढलेर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको हो। प्रहरीका अनुसार हालै पहिरो गएको क्षेत्रभन्दा दुई सय मिटरको दुरीमा रुख ढलेर राजमार्ग अवरुद्ध हुन पुगेको छ।


एकतर्फी खुलेको बाटोमा बेलाबेला पहिरो खसेर अवरुद्ध भइरहेको छ भने पहिरो पन्छाउँदै रित्ता गाडी ओराल्ने प्रयास भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर हरि सुवेदीले बताए। सोमबार पनि पटकपटक अवरुद्ध हुने र खोल्ने क्रम जारी नै छ। वर्षा रोकिएर घाम लागेपछि मात्रै पूर्ण रूपमा यातायात सुचारु हुन सक्ने उनले बताए। बुढीतोलाको भावर क्षेत्रमा पहिरो जाँदा झन्डै चार सय मिटर सडक बिग्रेको छ। सय मिटर भासिएको र ठूलो पहिरो खसेकाले तत्काल यातायात सुचारु गर्न सकिने अवस्था नभएको सुवेदीले बताए।

ठूलो भीर भएकाले सानोतिनो प्रयासले पहिरो रोकिने सम्भावना नभएको सडक डिभिजन कार्यालयले बताएको छ। भासिएको सडक बनाउनै ठूलो खर्च र समय लाग्ने देखिएको छ। पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएको सुदूरपश्चिममा भीमदत्त राजमार्ग पहाडी जिल्लाको लाइफलाइन हो। सोहि सडक पनि लामो समयदेखि अवरुद्ध हुँदा पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। तराईका यात्रुहरू तराईमै रोकिएका छन्। पहाडी जिल्ला डडेलधुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङबाट तराईतिर झर्ने यात्रु प्रभावित छन्।


एक सातादेखि सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुका साथै मालसामान ढुवानीमा समेत समस्या भइरहेको हो। पहाडी क्षेत्रतर्फ खाद्यान्न तथा तराईतर्फ तरकारी ढुवानीमा समस्या भएको छ। पहिरो गएको क्षेत्रमा मजदुरलाई भारी बोकाएर तरकारी ढुवानी भइरहेको छ। प्रदेशका सात पहाडी जिल्ला जोड्ने वैकल्पिक मार्ग नहुँदा यातायात ठप्प भएको हो। कैलाली र कञ्चनपुरबाट पहाडी जिल्ला जोड्ने आधा दर्जन सडक निर्माणाधीन अवस्थामा छन्। महाकाली करिडोर, दैजी–जोगबुडा–बुडर, बंक–नाइल–बुडर, सेती लोकमार्गलगायतका सडक निर्माणले गति लिन सकेको छैन्। पहाडी जिल्ला जोड्ने सबैभन्दा छोटो मानिएको कञ्चनपुरको दैजी जोगबुढा बुडर सडकखण्ड निर्माण सुरु भएको दुई दशकसम्म काम सकिएको छैन।

प्रकाशित:
2023/08/15, 10:51