श्रीमती लाइ हटायर वुवालाइ वनाय रेशमले पार्टी अध्यक्ष

सुदूर प्रेस संवाददाता

धनगढी– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले श्रीमती रञ्जिता लाइ साधारण सदस्य समेत नरहने गरी हटायर आफ्ना वुवालाइ पार्टी अध्यक्ष वनाएका छन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी चयन हुनुभएको छ । 

पार्टीभित्र विवाद बढिरहेका बेला नाउपाले संरक्षक रेशम चौधरीसहितको सक्रियतामा राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरेको हो । भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको थियो ।

नाउपाको राष्ट्रिय भेलाले नयाँ अध्यक्षमा प्रतिनिधि सभा सदस्यसमेत रहेका लालवीर चौधरीलाई चयन गरेको छ । रुपन्देहीमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिनुपर्ने भएकाले पार्टीले विधानसम्मत, निर्वाचन आयोगको नीतिसम्मत जानुपर्ने भएकाले यही निकासका लागि यो कमद चालेको बताइएको छ । 

पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू, संघ र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहितको राष्ट्रिय भेलाले अध्यक्ष चयन गरेको हो ।

अध्यक्ष तोकिएपछि चौधरीले विधि र पद्धतीअनुसार नै पार्टीलाई निकास दिन यो निर्णयमा पुगेको बताउनुभयो । रञ्जिता श्रेष्ठले डेढ वर्षसम्म पनि पार्टीको बैठक नबोलाएको भन्दै निकास निकाल्नका लागि यो प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ । चौधरीले पार्टी कमिटीको सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

तर असन्तुष्ट पक्षले भने यो प्रक्रिया विधि सम्मत नभएका कारण निर्वाचन आयोगले मान्यता नदिने दाबी गरेको छ । बैठकमा फरक मत राखेका नेताहरूले समस्या समाधान गरेर मात्रै यो निर्णय गर्न प्रस्ताव गरे पनि नमानेको भन्दै असन्तुष्टि जनाएका छन् । पारिवारिक विषय जोडिएकाले पार्टी विभाजनमा जान सक्ने चेतावनी उनीहरूको छ ।

पार्टीबाट‌ै निस्कासित रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताउनुभएको छ । पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक नै आह्वान नगरेकाले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने र आफू पार्टीको अध्यक्षमा कायमै रहेको उहाँको भनाइ छ ।

प्रकाशित:
2025/08/01, 6:40
SPA
KN
Priya Gahana Pasal