कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तयारी तीव्र

धनगढी–  नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तयारी तीव्र पारेको छ । 

यही पुस २७ र २८ गतेका लाग बोलाइएको विशेष महाधिवेशनका लागि प्रतिनिधि बोलाउनेदेखि उनीहरू बस्न होटल बुक गर्नेसम्मको दौडधूपमा नेताहरू लागेका छन् । तर तल्लो तहका नेता-कार्यकर्ता र प्रतिनिधिमा भने अन्योल छाएको छ । पार्टीमा बढ्दै गएको विवाद र अन्योल समाधानका लागि साेमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

विशेष महाधिवेशन पक्षधरले प्रतिनिधिहरूका लागि काठमाडौं सुन्धारा, ठमेल र एयरपोर्ट क्षेत्रका होटलहरूमा १५ सय कोठा बुकिङ् गरिएको जनाएका छन् । समग्र समन्वय गर्ने जिम्मेवारी अमरसिंह पुनलाई दिइएको छ । खाना र खाजाका लागि विभिन्न क्याटरिङसँग कोटेशनसमेत माग गरिसकिको छ ।

प्रतिनिधिहरूको आवास, खाना, स्वयंसेवक परिचालन, मञ्च व्यवस्थापनलगायतका कार्यका लागि उपसमिति समेत गठन गरिएको छ । सातै प्रदेशबाट आउने महाधिवेशन प्रतिनिधिलाई समन्वय गर्न प्रदेशगत रूपमा नेताहरू खटाइएको छ । यस्तै १ हजार स्वयम्सेवक परिचालन गरिने तयारी पनि छ ।

May be an image of text that says "मानव- मानव-वन्यजन्तु वन्यजन्तु द्रद्द रोकथाम गरौं वन्यजन्तु हाम्रो प्राकृतिक सम्पदा हुन्। अव्यवस्थित बस्ती विस्तार, वन अतिक्रमण र खाद्यान्र अभावका कारण मानव-वन्यजन्तु द्वन्ध बढदे गएको छ| सह हअस्तित्वका लागि सबैको साझा जिम्मेवारी आवश्यक छ| द्वन्ध न्यूनीकरणका उपायहरू वन्यजन्तुको बासस्थान अतिक्रमण नर्ग्नु खेती क्षेत्र वरिपरि तारबार वा जैविक बार जडान ग्नु राति खेतबारीमा एक्लै नजानु फोहोर तथा खाद्य वस्तु खुला नछोड्नु वन्यजन्तु देखिए तुरुन्त सम्बन्धित निकायलाई जानकारी दिनू डिभिजन वन कार्यालय कन्चनपुर, महेन्द्रनगर रापी. बन வனன் జಜ"

महाधिवेशनमा प्रस्तुत गर्ने एजेन्डा र दस्तावेज लेखनमा समेत नेताहरु जुटेका छन् । चुनावअघि विभिन्न दलसँग गरिने गठबन्धनले पार्टीलाई गरेको नोक्सानी र सरकारमा हुँदा काम गर्न नसकेको विषयलाई समेत समेट्ने नेताहरूले जनाएका छन् । जेन-जी आन्दोलन हुनुको कारण र त्यसलाई हेर्ने दृष्टिकोण लगायतका विषयमा समेत धारणा बनाउने बताइएको छ । 

विशेष महाधिवेशनलाई केन्द्रीय समितिल नै अपनत्व लिनुपर्ने अपेक्षामा उनीहरु छन् । पार्टीमा विशेष महाधिवेशनको तयारी र नियमित महाधिवेशनको कार्यतालिकाले तल्लो तहमा भने अन्योल छाएको छ । यता संस्थापन पक्षले भने विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै जिल्लाबाट आउने महाधिवेशन प्रतिनिधिलाई रोक्ने रणनीति बनाएको छ ।

नेता शेखर कोइरालासमेत विवाद समाधानका लागि जुट्नु भएको छ भने सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

प्रकाशित:
२०८२ पुष २१, ०९:२८
SPA
KN
Priya Gahana Pasal