उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट द्वारा साल्ट ट्रेडिङ्गको धनगढी कार्यालयमा निरीक्षण

Lekhraj bhatta

धनगढी–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बुधवार साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको धनगढी कार्यालयमा  निरीक्षण गरेका छन् ।  मन्त्री भट्टले दसैँ तिहार र छठ पर्व लाई लक्षित गरी खोलिएको सुपथ मूल्य पसल,नुन प्याकेजिङ,गोदाम लगायतको निरीक्षण गरेका हुन । सो क्रममा मन्त्री भट्टले कार्यालयका नायब महाप्रबन्धक केशव प्रसाद पाण्डे सँग प्रदेशमा नुन, रासायनिक मल लगायतको आपूर्ति व्यवस्थाका बारेमा जानकारी लिएका थिए । 

 

प्रकाशित:
2020/10/07, 6:45