कञ्चनपुरमा आन्तरिक राजस्व कार्यालयका सबै सेवा बन्द

कर्मचारीमा कोरोना संक्रमण
Corona Update

कञ्चनपुर — महेन्द्रनगरस्थित आन्तरिक राजस्व कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि सबै सेवा बन्द गरिएको छ । अन्य कर्मचारीको पनि कन्ट्याक्ट ट्रेसिङ तथा स्वाब संकलन गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । सबै कर्मचारीको स्वाब संकलन गर्नुपर्ने भएकाले रिपोर्ट नआउँदासम्म कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरेका छौं,’ कर अधिकृत विष्णुबहादुर राउतले भने, ‘अहिले सबै जना क्वारेन्टाइनमा छौं ।’ उनका अनुसार कार्यालयका १६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर बुधबार स्वाब संकलन गरिनेछ । रिपोर्ट नआउादासम्म सेवा बन्द रहने उनले बताए । अनलाइन सेवा भने निरन्तर हुनेछ ।

राजस्व कार्यालयका कर्मचारीमा गत सोमबार संक्रमण पुष्टि भएको हो । त्यसअघि बिहीबार उनमा लक्षण देखिएपछि शुक्रबार स्वाब संकलन गरिएको थियो ।

प्रकाशित:
2020/10/07, 8:01