कैलालीको अत्तरियामा पनि साल्ट ट्रेडिङ्गले खोल्यो सुपथ मूल्य पसल

salt
सुदूर प्रेस संवाददाता

धनगढी–दसैँ तिहार र छठ पर्व लाई मध्यनजर गर्दै साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले कैलालीको अत्तरियामा पनि बिहीबार बाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । यस अघि धनगढी मेन रोडमा रहेको साल्ट ट्रेडिङ्गको मूल गेटमै रहेको सटरमा सुपथ मूल्य पसल सञ्चालनमा गरेको उक्त कार्यालयले उपभोक्ताको सहजताका लागी अत्तरियामा पनि पसल खोलेको हो ।

अब धनगढीकै मूल्यमा अत्तरियामा पनि उपभोक्ताले सामान पाउने छन् । अत्तरिया प्रदेशका नौ वटै जिल्लाको पायक पर्ने स्थान भएकाले उपभोक्ताको सहजताका लागी त्यहाँ पनि सुपथ मूल्य पसल खोलिएको साल्ट ट्रेडिङ्ग कर्पोरेसन  लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका नायब महाप्रबन्धक केशव प्रसाद पाण्डेले बताए । चाडबाडका बेला बजारमा हुने महँगी र कालोबजारी नियन्त्रण गरी उपभोक्ता लाई सहुलियत दरमा गुणस्तरीय सामान बेच्ने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको नायब महाप्रबन्धक  पाण्डेले बताए ।

उनका अनुसार सुपथ मूल्य पसलमा चिनी,चामल र नुन का अलावा अन्य सामान हरू पनि उपभोक्ताले बजार मूल्य भन्दा सस्तो र गुणस्तरीय पाउनेछन् । सुपथ मूल्य पसलमा चिनीको मूल्य प्रति केजी ७० रुपैयाँमा  र नुन प्रतिकेजी १८ रुपैंयामा बिक्रिबितरण भइरहेको छ । 

त्यस्तै सन्तुर साबुन,चिउरा लगायत अन्य विभिन्न सामान पनि  पनि बजार भन्दा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको साल्ट ट्रडिङ कर्पोरेशनका नायब महाप्रबन्धक पाण्डेले जानकारी दिए । 

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ । पसल सञ्चालन भए देखिनै उपभोक्ताको भिड लाग्ने गरेको छ ।

यस अघि बुधवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले  साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको धनगढी कार्यालयमा  निरीक्षण गरी सो कार्यालयले गरेको कामको प्रशंसा गरेका थिए ।  

supath pasal

प्रकाशित:
2020/10/08, 4:45