यस्तो छ सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको अवस्था

१ हजार ९९ सक्रिय सङ्क्रमित,सबै भन्दा बढी ५ सय ८७ कैलालीमा
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार नजिक पुगेको छ । प्रदेशका विभिन्न जिल्लामा रहेका प्रयोगशालामा हाल सम्म ८८ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गरिएकोमा ७ हजार ८ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको हो । ती मध्ये ६ हजार ७ सय २ जनाले कोरोना जितेका छन् । प्रदेशमा १ हजार ९९ जना सक्रिय सङ्क्रमित छन् । सबै भन्दा बढी ५ सय ८७ जना सक्रिय सङ्क्रमित कैलालीमा छन् । प्रदेशमा हाल सम्म १८ जना सङ्क्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

हेर्नुहोस् विस्तृत बिबरणः–

 

प्रकाशित:
2020/10/09, 7:57