धनगढी–सुदूरपश्चिमका थप ९ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । डडेलधुरा अस्पतालमा ६७ जनाको नमुना परीक्षण गरिएकोमा ९ जनामा कोरोना पोजेटिभ देखिएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए । सङ्क्रमित मध्ये ७ जना बैतडीको पाटन नगर पालिकाका र २ जना डडेलधुराको परशुराम नगरपालिका –५ का छन् ।
आजको मिति