कर्णाली प्रदेशका मुख्यमन्त्रीले हटाए प्रमुख सचेतक शाहलाई, नेपालीलाई जिम्मेवारी

Karnali pradesh
सुदूर प्रेस संवाददाता

सुर्खेत —कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई प्रमुख सचेतकबाट पदमुक्त गरेका छन् । उनको स्थानमा सचेतक सीता नेपालीलाई नियुक्त गरिएको छ ।
दलका नेताको हैसियतले मुख्यमन्त्री शाहीले आइतबार संसदीय दलको विधानको धारा ७ अनुसार शाहलाई पदमुक्त गरेको जनाएका छन् । ‘कामकारबाही सन्तोषजनक नभएकाले’ जिम्मेवारीमुक्त गरिएको शाहलाई दिइएको पत्रमा उल्लेख छ । आइतबार १८ जना सांसदले संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव बुझाएपछि शाहले मंगलबार १ बजेको लागि बैठक बोलाएका थिए । अब यो प्रकरणले उक्त बैठक अन्योलमा परेको छ ।

नवनियुक्त प्रमुख सचेतक नेपालीले नयाँ जिम्मेवारी आएसँगै सबै पक्षसँग छलफल गरी बैठक आह्वान गर्ने प्रतिक्रिया दिइन् । शाह यामलाल कँडेल (पूर्वएमाले) निकट र नेपाली मुख्यमन्त्री शाही (पूर्वमाओवादी) निकट हुन् ।

जिम्मेवारीबाट मुक्त भएका शाहले भने बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा दलका नेताको हैसियतमा शाहीले कुनै पनि निर्णय लिन नसक्ने बताए ।

प्रकाशित:
2020/10/12, 3:32