धनगढीमा गरिएको परीक्षणमा आज थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि

धनगढीका ३० जना सङ्क्रमित
Corona Update

धनगढी–धनगढीमा प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  २ सय ९७ जनाको परीक्षण गरिएकोमा ५० जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । सङ्क्रमित मध्ये ३७ जना कैलालीका छन् । ११ जना कञ्चनपुरका र २ जना दार्चुलाका छन् ।  धनगढीमा ३० जना संक्रमित थपिएका छन । धनगढी उपमहानगरपालिका– ४ र ५ का ६–६ जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर २ का ५ जना र वडा नम्बर ८ का ३ जनामा संक्रमण पुष्टि भएको छ ।  वडा नम्बर ३, ७, १२ र १३ का एक–एक जना र ठेगाना नखुलेका एक जनामा पनि संक्रमण पुष्टि भएको छ । 
 

No photo description available.No photo description available.

प्रकाशित:
2020/10/12, 5:02