सुदूरपश्चिम प्रदेशमा सोमबार थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

बाजुरामा पनि ६ जना सङ्क्रमित थपिए
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा सोमबार थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेशका ६ वटा प्रयोगशालामा गरिएको परीक्षण  ७२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाजुराका ६ जना गरी ७८ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए। सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जना ,डडेलधुरा अस्पतालको प्रयोगशालामा ९ जना, बैतडी अस्पतालमा गरिएको परीक्षणमा ८ जना,बझाङमा २ जना,कमल बजारमा २ जना र डोटी अस्पतालमा गरिएको परीक्षणमा १ जना गरी ७२ जनामा सङ्क्रमण पुष्टि भएको कार्कीले बताए । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको बाजुराका ६ जनामा सङ्क्रमण पुष्टि भएको कार्कीले बताए ।  आज सबैभन्दा बढी कैलालीमा ३८ जना सङ्क्रमित थपिएका छन् । यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार १ सय २४ पुगेको छ। १ हजार २ सय ११ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमण पुष्टि भएका ६ हजार आठ सय ९४ जनाले कोरोना जितेका छन् भने १९ जना सङ्क्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रकाशित:
2020/10/12, 8:13