बैतडीको सुर्नया गाउँपालिका-५ का वडाध्यक्षको निधन

Death
सांकेतिक तस्बिर
सुदूर प्रेस संवाददाता

बैतडी–बैतडीको सुर्नया गाउँपालिका-५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ। उनको बिहीबार ७० वर्षको उमेरमा निधन भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, ‘बिहान घरमै रहेका बेला एक्कासि मुर्छा परेर ढलेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल बैतडीमा पुर्‍याएपछि  दिउँसो ३ बजेतिर निधन भएको हो’

मृतक वडाध्यक्ष लामो समयदेखि सुगर, प्रेसर र जण्डिसको बिरामी रहेका सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिइन्। 

वडाध्यक्ष मडैको ३-४ दिनदेखि नै स्वास्थ्य अवस्था सामान्य नरहेको बुझिन आएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। उनले भने, ‘शव परिवारको जिम्मा लगाइसकिएको छ, परिवार तथा आफन्तले कालगति नै उनको मृत्यु भएको भनेपछि शव परीक्षण नै गर्न नदिएर लगेका छन्।’ मडै तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 

प्रकाशित:
2020/10/15, 8:28