सुदूरपश्चिम प्रदेशमा शुक्रवार ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि

सक्रिय सङ्क्रमितको संख्या १ हजार २ सय ९२
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा प्रदेशका पाँच वटा प्रयोगशालामा  एक हजार ११ जनाको परीक्षण गरिएकोमा  ७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ३७ जनाको परीक्षण गरिएकोमा   ४७ जनामा कोरोना पुष्टि भएको छ।  धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १ का ५ जना, वडा नम्बर २, ३ र ५ का तीन÷तीन जना, वडा नम्बर ४ र ८ का दुई÷दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।  यस्तै वडा नम्बर नखुलेका १६ जना, त्यसै गरी वडा नम्बर ७ र १३ का एक÷एक जनामा पनि सङ्क्रमण पुष्टि भएको उनले बताए। यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिका–३ का एक जना र स्थानीय तह नखुलेका ३ जनामा सङ्क्रमण पुष्टि भएको छ। उता कञ्चनपुरको भीमदत्त नगरपालिका ३ जना र पुर्नवास नगरपालिका– ३ का एक जनामा पनि सङ्क्रमण देखिएको सेती अस्पतालले जनाएको छ। उता, जिल्ला अस्पताल बझाङको प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा बझाङ अस्पताल प्रयोगशालामा एक सय १ जनाको परीक्षण गर्दा थप १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । । यस्तै डडेलधुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ६२ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको उनले बताए। सङ्क्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालयका दुई जना, अमरगढी नगरपालिकाका तीन जना र दार्चुलाको महाकाली नगरपालिकाका तीन जना रहेका छन्। अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ। २४ घण्टामा एक सय ७ जनाको परीक्षण गर्दा पाँच जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सय ११ पुगेको छ । ती मध्ये ७ हजार २ सय जना निको भएका छन् । १ हजार २ सय ९२ जना सक्रिय सङ्क्रमित छन् । उनीहरू मध्ये ३ जनाको भेन्टिलेटर र ९ जनाको आइसियुमा उपचार जारी छ । 

 

प्रकाशित:
2020/10/16, 7:34
SPA
KN
Priya Gahana Pasal