कञ्चनपुर– रिलायन्स इन्सोरेन्स कञ्चनपुरका म्यानेजरको मृत्यु भएको छ। बैतडीको सुर्नया गाउँपालिकाका घर भई कञ्चनपुरमा कार्यरत ३५ वर्षीय गणेश साउँद हिजो दिउँसो कार्यकक्षमा ढलेको अवस्थामा भेटिएका थिए । त्यहाँबाट उनलाई उपचारका लागी धनगढीको माया मेट्रो अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा राती उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। उनले बान्ता समेत गरेका थिए । मृतकको शव महाकाली अस्पतालमा पोस्टमार्टम पछि आज दाहसंस्कार गरिने बताइएको छ ।
कार्यालयमै ढले, अस्पताल पुगाय लगत्तै देह त्याग गरे