सुदूरपश्चिम प्रदेशमा शनिवार थप ७८ जनामा कोरोना सङ्क्रमण

१ हजार ३ सय ६३ जना सक्रिय सङ्क्रमित
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय ८४ जनाको परीक्षण गरिएकोमा ७८ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।  

आज सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ४० जनाको परीक्षण गरिएकोमा  कैलालीका ४८ सहित ५८ जनामा कोरोना पुष्टि भएको छ। 

कैलालीका ४८ र कञ्चनपुरका ८, डडेलधुराका १ र डोटीका १ जनामा सङ्क्रमण पुष्टि भएको हो । धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  वडा नम्बर १ का १६ जना, वडा नम्बर ४ र ५ का  ४÷४ जना, वडा नम्बर ८ का ३ जना, त्यसै गरी वडा नम्बर २ र ३ का २÷२ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै वडा नम्बर ६, ७, १२, १४ र १८ का एक एक जनामा पनि सङ्क्रमण पुष्टि भएको उनले बताए। यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै लम्किचुहा नगरपालिका–१, गौरीगंगा नगरपालिका र ठेगाना नखुलेका एक एक जनामा जनामा सङ्क्रमण पुष्टि भएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना र शुक्ल फाटा नगरपालिका–१० र बेलौरी नगरपालिकाका एक एक जनामा सङ्क्रमण देखिएको छ । डडेलधुराको आलि ताल गाउँपालिका–८ का १ जना, डोटीको जोरायल गाउँपालिकाका एक जनामा पनि सङ्क्रमण देखिएको छ ।

उता डडेलधुरामा ६ सहित थप १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । डडेलधुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २८ जनाको परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको छ ।

डडेलधुराको नवदुर्गा गाउँपालिका वडा नम्बर २ का तीन जना, परशुराम नगरपालिका वडा नम्बर १२ का दुई जना, आलि ताल गाउँपालिका वडा नम्बर ४ का एक जनामा सङ्क्रमण पुष्टि भएको हो। यस्तै बैतडीको पाटन नगरपालिकाका ४ जना, दार्चुलाको मार्मा गाउँपालिकाका तीन जना र बैतडीको पञ्चेश्वरका एक जनामा पनि सङ्क्रमण पुष्टि भएको हो । 

डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण पाटन नगरपालिकास्थित एक वडाध्यक्षसहित २ जना जनप्रतिनिधि, पाटनकै अन्य २ जनामा कोरोना पुष्टि भएको हो। वडा नम्बर ३ का ६० वर्षीय पुरुष, ५ का ३९ वर्षीय महिला, ३ का ३० वर्षीय पुरुष र वडा ३ कै १२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । 

 पञ्चेश्वर गाउँपालिका वडा नम्बर– ४ का २६ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा पनि थप तीन जनामा सङ्क्रमण पुष्टि भएको छ। 

यो सँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सय ८८ पुगेको छ । ७ हजार २ सय ६ जनाले कोरोना जितेका छन् । १ हजार ३ सय ६३ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये ६ सय ६९ जना कैलालीमा छन् । ३ जनाको भेन्टिलेटर र ६ जनाको आइसियुमा उपचार भइरहेको छ । हाल सम्म १९ जनाको मृत्यु भएको छ।

 

प्रकाशित:
2020/10/17, 8:31
SPA
KN
Priya Gahana Pasal