प्रहरी हत्या प्रकरण : डिआइजीको टोलीले यसरी गर्दैछ अनुसन्धान (फोटो फिचर)

अज्ञात रहेका जवान खोज्न गोताखोर टोली  
Murdaer
सुदूर प्रेस संवाददाता

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीसहितको टोली घटनास्थलमा छ । प्रहरीले असई विकको तस्करले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको छ । 

विकलाई तस्करले एक किलोमिटर नेपाल तर्फ  मारेर नेपाल भारत सीमा स्थित धनगढी १० को बनकट्टी घाटस्थित मोहना नदीमा घिसार्दै लगेर फालेको देखिएको प्रहरीले जनाएको छ । 

शनिवार रातीबाट बेपत्ता भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको आइतबार बिहान नेपाल भरत सीमास्थित धनगढी १० को मोहना नदीमा शव फेला परेको थियो । 

घटनास्थलमा पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीसहितको टोलीले मृतक विकको शव पानीबाट निकालेको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा केही व्यक्तिलाई पक्राउ समेत गरेको छ । उनको सुनियोजित तरिकाले हत्या गरिएको प्रहरीको आशङ्का छ । 

विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल समेत प्रहरीले फेला पारको छ । शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ उनको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ ।  विकसँग रहेको हतियार भने फेला नपरेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा बेपत्ता रहेका जवान साउदको खोजीका लागि सशस्त्र प्रहरीको अत्तरियास्थित ७ नम्बर बाहिनीको गोताखोर टोली घटनास्थलमा पुगेको छ । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

फोटो फिचर :- 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

 

 

 

 

 

प्रकाशित:
2020/10/18, 2:25