धनगढीमा होम आइसलेसनमा बस्दै आएका कोरोना सङ्क्रमितको मृत्यु 

Covid Daeth
सुदूर प्रेस संवाददाता

धनगढी – धनगढीमा होम आइसोलेसनमा बस्दै आएका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४२ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।

असोज १७ गते कोरोना पुष्टि भएका क्यान्सर पीडित पुरुषको मृत्यु भएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

उपचारका लागि चितवन मेडिकल कलेज लगिएका उनलाई भर्ना नलिएपछि धनगढी फिर्ता लिइएको थियो ।

यो सँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ भने सुदूरपश्चिममा मृतकको सङ्ख्या २५ पुगेको छ । 

प्रकाशित:
2020/10/18, 2:37