धनगढीमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना पुष्टि 

Covid Test
सुदूर प्रेस संवाददाता

धनगढी – धनगढीमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ६४ जनाको कोरोना परीक्षण गरिएकोमा २९ पुरुष र ९ महिला गरी कैलाली कञ्चनपुरका थप ३८ जनामा भाइरस सङ्क्रमण भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । 

प्रकाशित:
2020/10/18, 2:58