सुदूरपश्चिम प्रदेशमा आइतबार थप  ५४  जनामा कोरोना सङ्क्रमण पुष्टि

१ हजार २ सय ४४ जना सक्रिय सङ्क्रमित
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार थप  ५४  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका चार वटा प्रयोगशाला मार्फत एक हजार एक सय ४ जनाको परीक्षण गरिएकोमा थप ५४ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयद्वारा जारी गरिएको  तथ्याङ्कमा उल्लेख छ ।  सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ६७ जनाको परीक्षण गरिएकोमा  ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ। 

आज धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए। उपमहानगरपालिकाको वडा नम्बर १ का ६ जना, वडा नम्बर ३ का ३ जना, वडा नम्बर ५ र ६ का २र२ जना, वडा नम्बर २ का १ जना र ठेगाना नखुलेका २ जनामा सङ्क्रमण पुष्टि भएको छ। 

गोदावरी नगरपालिकाका ७ जना, कैलारी गाउँपालिका–८ का २ जना, यस्तै बर्दगोरीया गाउँपालिका–२ र घोडाघोडी नगरपालिका–२ का एक एक जना र ठेगाना नखुलेका २ जनामा सङ्क्रमण पुष्टि भएको छ। उता कञ्चनपुरको भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका ४÷४ जना, बेल्डाडी गाउँपालिका–४ का २ जना र शुक्लाफाटा नगरपालिका–९ का १ जनामा  सङ्क्रमण देखिएको छ । 

उता डडेलधुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा सङ्क्रमण पुष्टि भएको छ। डडेलधुरा अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ६२ जनाको परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको छ ।

अमरगढी नगरपालिका–५, नवदुर्गा गाउँपालिका–२, गन्यापधुरा गाउँपालिका–३ र भागेश्वर गाउँपालिका–१ का एक एक गरी ४ जनामा जनामा सङ्क्रमण पुष्टि भएको हो। यस्तै बैतडीको मौलेली गाउँपालिकाका २ जना, शिवनाथ गाउँपालिकाका १ जना र दार्चुलाको दुहुँ गाउँपालिकाका १ जनामा पनि सङ्क्रमण पुष्टि हो । 

यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा सङ्क्रमण पुष्टि भएको छ। २५५ जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। दिपायल सिलगढी नगरपालिकाका ५ पुरुष र २ महिला गरी ७ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । जिल्ला अस्पताल बझाङको प्रयोगशालामा गरिएको परीक्षणमा पनि एक जनामा सङ्क्रमण पुष्टि भएको छ। 

यो सँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ८ हजार ६ सय ४२ पुगेको छ।  सङ्क्रमित मध्ये ७ हजार ३ ७९  जनाले कोरोना जितेका छन् । १ हजार २ सय ४४ जना सक्रिय सङ्क्रमित छन् । 

 

प्रकाशित:
2020/10/18, 9:03