सुदूरपश्चिम प्रदेशमा मङ्गलवार थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि

१ हजार ४ सय २ जना सक्रिय सङ्क्रमित
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा मङ्गलवार थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा प्रदेशका चार वटा प्रयोगशाला मार्फत आठ सय ६ जनाको परीक्षण गरिएकोमा थप ७३ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

आज सेती प्रादेशिक अस्पतालमा ५ सय जनाको परीक्षण गरिएकोमा ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ।  धनगढी उपमहानगरपालिकाका १९ जना, जानकी गाउँपालिकाका ४ जना,  त्यसै गरी टीकापुर नगरपालिका र गोदावरी नगरपालिकाका ३र३ जना, भजनी नगरपालिका र लम्किचुहा नगरपालिकाका एक एक जनामा सङ्क्रमण देखिएको हो । 

कञ्चनपुरको बेदकोट नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका ३ जना, लाल झाडी गाउँपालिकाका ३ जना, त्यसै गरी बेलौरी नगरपालिका, शुक्लाफटा नगरपालिका र कृष्णपुर नगरपालिकाका एक एक जनामा समेत कोरोना पुष्टि भएको छ। यस्तै दार्चुलाको दुहुँ गाउँपालिका र डडेलधुराको अमरगढी नगरपालिका एक एक जनामा  पनि  पनि कोरोना पुष्टि भएको छ । 

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४५ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। डोटीको दिपायल सिलगढी नगरपालिकाका ४ जना र आदर्श आदर्श गाउँपालिका ४ जना गरी ८ जनामा कोरोना सङ्क्रमण भेटिएको हो । 

डडेलधुरा र बैतडीका थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। डडेलधुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा सङ्क्रमण पुष्टि भएको हो।

डडेलधुराको अमरगढी नगरपालिकाका ५ जना, गन्यापधुरा गाउँपालिकाका १ र बैतडीको डिलाशैनी गाउँपालिकाका  १ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  डडेलधुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७३ जनाको स्वाबको नमुना परीक्षण गरिएको छ। अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 यो सँगै सुदूरपश्चिममा हाल सम्म कुल सङ्क्रमितको सङ्ख्या ८ हजार ८ सय ४२ पुगेको छ।  सङ्क्रमित मध्ये ७ हजार ४ सय २१ जनाले कोरोना जितेका छन् । १ हजार ४ सय २ जना सक्रिय सङ्क्रमित छन् ।

 

 

प्रकाशित:
2020/10/20, 8:22