सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको सङ्ख्या १५ सय नाघ्यो

झन्डै आधा कैलालीका मात्रै 
Covid Update

धनगढी - सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १५ सय नाघेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर कुल सक्रिय सङ्क्रमितको सङ्ख्या १५ सय १ पुगेको छ । जसमा सबैभन्दा बढी ६ सय ७६ जना कैलालीका मात्रै रहेका छन् । 

कैलाली पछि सुदूरपश्चिम प्रदेशमा सक्रिय सङ्क्रमित बढी हुने जिल्लाको सूचीमा दार्चुला छ । दार्चुलामा सक्रिय सङ्क्रमित १ सय ८२ छन् । त्यस्तै डोटीमा १ सय ५७, बझाङमा १ सय ५६ र प्रदेशमा सबैभन्दा कम सक्रिय सङ्क्रमित बाजुरामा ६ जना मात्रै रहेका छन् ।  

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म प्रदेशभरि एक लाख बढीको कोरोना परीक्षण गरिएको छ । झन्डै ९ हजार सङ्क्रमित मध्य हालसम्म ७ हजार ४ सय ५३ जनाले कोरोना जितिसकेको मन्त्रालयको दाबी छ । 

प्रकाशित:
2020/10/22, 7:10