‘आत्मबल र जडीबुटी सेवनले ६ दिनमै कोरोनामुक्त भए’

liladhar

धनगढी–सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्ट ६ दिनमै कोरोनामुक्त भएका छन्।  यही कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि उनले ६ दिनमै कोरोना जितेका हुन्।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको दोस्रो परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो।  आत्मबल, साहस  र जडीबुटीको सेवनले छोटो समयमै कोरोना जित्न सफल भएको प्रदेश सभा सदस्य भट्टले बताए।

उनले भने‘२२ प्रकारका घरायसी जडीबुटी, बेसार, तातोपानीको प्रयोगले ६ दिनमै कोरोना जित्न सफल भए,होम आइसोलेसनमै बसेर कोरोना जितेको हुँ।’

 संक्रमणका बेला बिषेश गरेर गुर्जो, टिमुर, अदुवा, तुलसीपत्ता, जामुन पत्ता, लेक टिमुर, बेसार, तातोपानीको सेवन गरेको उनले बताए।  संक्रमण भइहाल्यो भन्दै नडराई आत्मबल र साहसले कोरोना जित्न  सकिने उनको भनाई छ। संक्रमणको बेला नकारात्मक सोच नराखि आत्मबल बढाई  कोरोनालाई सहजै रुपमा भगाउन सकिने उनको अनुभव रहेको छ। 

संक्रमित भएको बेला घाँटी दुख्ने, खसखस हुने, रुघाखोकी, ज्वरो आउने जस्ता लक्षण देखिएका थिए।  उनले भने ‘मनोवैज्ञानिक रुपमा आत्मबल बढाउने, सहजता अपनाउने, साहस बढायो भने कोरोना संक्रमणमुक्त हुन सकिने रहेछ।’

यसअघि स्वास्थ्यमा सामान्य समस्या आएपछि पिसिआर परीक्षण गराउदा कात्तिक १ गते उहाँलाई कोरोना पोजेटिभ देखिएको  थियो।  गत असोज २५ गतेदेखि होम क्वारेन्टाइनमा रहेका बेला रुघाखोकीका लक्षण देखिएपछि परीक्षण गराएको र पुष्टि भएपछि उनी सदरमुकामस्थित गढीमा रहेका घरमै होम आइसोलेसनमा बसिरहेको थियो।

 गत असोज १३ गते प्रदेश राजधानी कैलालीबाट फर्किनुभएका प्रदेश सभा सदस्य भट्ट यसअघि जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका थियो। उनका गाडी चालकको भने पिसिआर रिपोर्ट भने यसअघि नै नेगेटिभ आएको छ।

 

प्रकाशित:
2020/10/23, 9:00