रियलविरुद्ध मेस्सीको गोल खडेरी

foot ball

एजेन्सी – बार्सिलोनाका सुपरस्टार लोओनल मेस्सीले ला लिगामा एक पछि अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । 

खेल जीवनको सुरुवातबाट उनले स्तरीय प्रदर्शन गर्दै आएका छन् । तर, लामो खेल जीवनमा उनका त्यस्ता नसोचिएको कीर्तिमान पनि छ । उनले आउने दिनमा अन्य कीर्तिमान राख्न सम्भावना पनि त्यत्तिकै छ ।

मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले शनिबार रियल म्याड्रिडसँग सिजनको पहिलो एल क्लासिको खेल्दैछ । अर्जेन्टिनी सुपर स्टार मेस्सी सन् २०१८ मे ६ पछि रियलविरुद्ध पहिलो गोलका लागि प्रयास गर्नेछन् । क्रिस्टियानो रोनाल्डोले रियल छोडेयता मेस्सीले त्यो टोलीविरुद्ध गोल गर्न सकेका छैनन् ।

रियलविरुद्ध मेस्सीले गोल नगरेको ९ सय दिन नाघिसकेको छ । त्यसयता उनले ६ मध्ये ५ क्लासिको खेलेका छन् । ४ सय ४० मिनेट एल क्लासिकोमा उनी गोल विहिन छन् । कीर्तिमानी बनाउने लक्ष्यका साथ उत्रने मेस्सीको भोक रियलका लागि भने सुखद समाचार नहुन सक्दछ । उनी पक्कै आफ्नो लक्ष्यमा दृढ रहनेछन् । एल क्लासिको त्यसका लागि उपयुक्त थलो हुन सक्दछ ।

यो सिजन मेस्सीको प्रदर्शनमा क्रमश सुधार भइरहेको छ । मंगलबार च्याम्पियन्स लिगमा उनले उच्च प्रदर्शन गरेका थिए । रियल पक्कै पनि मेस्सीको त्यहि लय हेर्न चाहदैन । फेरेनन्कभारोसविरुद्ध खेल्नुअघि मेस्सीले सिजनमा ४ खेल खेलिसकेका थिए । जसमा उनले १ गोल मात्र गरेका थिए ।

हंगेरियन क्लबविरुद्ध उनले पेनाल्टीमा गोल गरेका थिए । उनको उच्च प्रदर्शनबाट प्रेरित बार्सिलोनाले घरेलु मैदानमा भएको च्याम्पियन्स लिगमा ५–० को जित निकालेको थियो । अहिले सम्म सिजनका दुवै गोल मेस्सीले पेनाल्टीबाट गरेका छन् ।

उनले ला लिगाको साविक विजेता रियल विरुद्ध विना पेनाल्टीको पहिलो गोल गर्न प्रयास गर्नेछन् । अर्को सम्भवत मेस्सीका लागि क्याम्प नोउमा अन्तिम एल क्लासिको पनि हुन सक्ने भएकाले उनले शनिबारको खेलमा शतप्रतिशत राम्रो नतिजाका लागि प्रयास पक्कै गर्नेछन् ।

सिजनको सुरुवातमा अर्को क्लब जान चाहेका मेस्सीको त्यो इच्छा पुरा हुन सकेको थिएन । सम्भवत अर्को सिजन उनले बार्सिलोना छाड्न सक्छन् । उनको भविष्य क्लबको नयाँ बन्ने अध्यक्षमा निर्भर रहेको अनुमान गरिएको छ ।

रियल ला लिगा र च्याम्पियन्स लिगमा गरि लगातार दुई हारपछि बार्सिलोनाको सामना गर्दैछ । तेस्रो खेलमा दबाबका बीच उत्रने रियललाई थप दुःखी कसरी बनाउन सकिन्छ सम्भवत त्यो मेस्सीलाई राम्ररी थाहा छ ।

प्रकाशित:
2020/10/24, 7:31