धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बडादशैँका अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीवहिनीहरुमा सुख,शान्ति,समृद्धि सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । मुख्यमन्त्री भट्टले कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै आपसी समझदारी,बन्धुत्व,सामाजिक एकता तथा पारिवारिक सुमधुर सम्बन्ध कायम गर्न सघाउ पुगोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ । बडा दशैँले आपसी सद्भाव,भातृत्व कायम गरी एक आपसमा खुसीयाली साटासाट गर्ने अवसर समेत प्रदान गरोस् भन्ने कामना मुख्यमन्त्री भट्टले गर्नुभएको छ ।
बडादशैँका अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त