धनगढी–धनगढीको बोराडाडीमा गए राती रोकिएको मिनी ट्रकमा मोटरसाइकल ठोकिदा मृत्यु भएका युवकको अझै पहिचान हुन सकेको छैन । राती करिब साढे ११ बजे दुर्घटनामा परि अन्दाजी २०–२२ वर्षका युवकको मृत्यु भएको हो । उनको शव अहिले सम्म सेती प्रादेशिक अस्पतालको शबगृहमै राखिएको छ । से १ प ८७६१ को नम्बरको मोटरसाइकलमा सवार युवक रोकिराखेको से १ त ६१७ नम्बरको मिनी ट्रकमा ठोक्किएका हुन । घटनास्थलमा छटपटाई रहेको अवस्थामा प्रहरी टोलीले फेला पारी उपचारका लागी तत्काल सेती प्रादेशिक अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताए ।
यस्तो छ हुलिया–
वर्ण गहुँ गोरो,उचाइ ५ फिट ७ इन्च, पातलो शरीर भएको, लामो कपाल पालेको, हातमा चाँदीको वाला जस्तो लगाएको, तल्लो शरीरमा निलो रातो ट्राउजर र माथिल्लो शरीरमा खरानी रङ्गको हुक, खैरो जुत्ता लगाएको ।