कञ्चनपुर–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनी गरिने बताएका छन् । मंगलबार महाकाली नगरपालिका– १ मा सुक्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दगाह निर्माणको कामलाई अगाडि बढाउने बताए ।
वाणिज्यसचिवको नेतृत्वको टोलीले वस्तुस्थिति बुझेर प्रक्रिया सुरु गर्ने उनले जानकारी दिए ।
मन्त्री भट्टसँगै अनुगमनमा सांसद डा. दीपकप्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर सुनार र मन्त्रालयको प्राविधिक टोलीको सहभागिता थियो ।
सुक्खा बन्दगाहका लागि भारतले गढीगोठ क्षेत्रमा सर्भेको काम सुरु गरेको भएको छ । मन्त्रालयको प्राविधिक टोलीले कात्तिक १६ गतेदेखि काम सुरु गर्ने जनाइएको छ । रासस