कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा भेटिए

Death
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । वेदकोट नगरपालिका वडा नम्बर ५ धरमपुरमा  सोही ठाउँका अन्दाजी ४५ वर्षीय भीमु खुना झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।  मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।  

प्रकाशित:
2020/10/28, 10:11