धनगढी हसनपुरका गम्भीर सिंह बम जसले आफ्नो घर आफै भत्काए

sadak
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी उप–महानगरपालिका वडा नं ५ का गम्भीर सिंह बमले सडक क्षेत्राधिकार भित्र पर्ने घर संरचना बुधवार देखि भत्काउन सुरु गरेका छन् ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तरगतको सडक निर्माणको काम सुरु हुने भएपछि बमले सडक क्षेत्राधिकार भित्र पर्ने हालसालै निर्माण भएको २ सटर सहित ४ कोठाको पक्की भवन भत्काउन सुरु गरेका हुन । धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरिले नेपाली काँग्रेसका नेता समेत रहेका बमले मिस्त्रीहरू लगाएर घर भत्काउन सुरु गरेको बताए । उप–महानगरपालिकाले सडक क्षेत्राधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई आदर्श नगरवासीको रूपमा सम्मान गर्ने,भत्काएको भागको नक्सा पासमा कर छुट गर्ने, सोही भागमा रंगरोगन गर्दा सहयोग गर्ने निर्णय गरेको  प्रवक्ता मुडभरिले बताए । ‘नगरको विकास हामी सबैले चाहेर मात्रै सम्भव हुने हो प्रवक्ता मुडभरिले भने, ‘सडक क्षेत्राधिकार भित्र पर्ने संरचना भत्काएर सहयोग गर्न सबै नगरवासी सँग अनुरोध गर्दछौँ ।’

नगरको विकासमा कसैले अवरोध गर्न नहुने घर धनी बमले बताए । ‘क्षेत्रीय सहरी विकास आयोजना अन्तरगतको यो सडक १६ मिटरको बन्दै छ बमले भने, थोरै क्षेत्राधिकारमा मेरो संरचना पर्ने भएकाले मैले आफै भत्काउन सुरु गरेको हुँ ।’ मेन रोड बिस्तार हुन सुरु गरेमा आफूले त्यहाँ रहेका आफ्नो सडक क्षेत्राधिकारमा पर्ने संरचना भत्काएर सहयोग सहयोग गर्ने पनि बमले बताए । 

 

प्रकाशित:
2020/10/29, 7:15
SPA
KN
Priya Gahana Pasal