धनगढी–विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड – १९ ( कोरोना भाईरस) बाट आक्रान्त नेपालीहरुको सेवामा अहोरात्र खटिएका नेपाली कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापती आनन्द बिष्ट लाई कोभिड १९ च्याम्पियन अवार्ड प्रदान गरेको छ ।
न्यू योर्कस्थित शेर्पा किदूगको गुम्बामा आयोजित भब्य समारोहका बिच युनाईटेड शेर्पा एशोसियसन अमेरिका र ह्युमानिटीरियन अफ द वल्र्ड आईएनसीले बिष्टलाई कोभिड – १९ च्याम्पियन अवार्ड प्रदान गरेको हो ।
कोरोनाका कारण अप्ठ्यारोमा परेका व्यक्ति तथा परिवारका लागि अमेरिकामा बिष्टको अगुवाईमा थालिएको सहयोग अभियानमा बिभिन्न संघसंस्था र मनकारी व्यक्तिहरुले सहयोग गरेका थिए ।
बिष्टले अवार्ड प्रदान गरेकोमा युनाईटेड शेर्पा एशोसियसन अमेरिका र ह्युमानिटीरियन अफ द वल्र्ड आईएनसीलाई धन्यवाद दिनुका साथै बिपत्तिमा परेका दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगका लागि थालिएको अभियानमा सहकार्य तथा सहयोग गर्ने अमेरिकामा रहेका सम्पूर्ण संघसंस्था र मनकारी व्यक्तिहरुलाई धन्यवाद दिएका छन ।
युनाईटेड शेर्पा एशोसियसन (शेर्पा किदूग), न्यू योर्क र ह्युमानिटेरियन अफ दि वर्ल्डको संयुक्त आयोजनामा नेपाली र साउथ एशियन सामाजिक अभियन्ता र संघसंस्थाहरूलाई समेत सम्मानित गरेको छ । बिष्ट कैलालीको धनगढीका बासिन्दा हुन ।