धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

Death
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी– धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ बर्षिया महिलाको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । 

कडा खालको निमोनिया देखिएपछि असोज १० गते भर्ना भएकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको श्रेष्ठले बताए । उनलाई हिजो मात्र कोरोना पुष्टि भएको उनले बताए । 

प्रकाशित:
2020/10/29, 10:57