दार्चुलामा शौच गर्न रोकेको ट्याक्टर गुडेर किच्दा चालकको मृत्यु

Death
सुदूर प्रेस संवाददाता

दार्चुला–दार्चुलामा ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ ।  अपि हिमाल गाउँपालिका–५ घोडेभित्तामा ट्याक्टरले च्यापिएर दाङका ३२ वर्षीय प्रेम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले बताए । ट्याक्टर रोकेर शौच गर्नका लागि सडक किनारमा गएका थापाको अचानक गुडेको ट्याक्टरले च्यापेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/10/29, 2:18