धनगढीको कब्रिस्तानमा शव गाडिएपछि तनाव 

tanab
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना सङ्क्रमणबाट मृत्यु भएकी  महिलाको शव धनगढीको कब्रिस्तानमा गाडिएपछि तनाव उत्पन्न भएको छ ।

मानववस्तीको बिचमा रहेको कब्रिस्तानमा शव व्यवस्थापन गरेपछि सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्थानीयले टायर बालेर प्रदर्शन गरेका छन् ।  उनीहरूले कब्रिस्तानमा ताला समेत लगाइदिएका छन् । 

धनगढी उप–महानगरपालिका वडा नम्बर २ की ५७ बर्सिया महिलाको बिहीबार बिहान मृत्यु भएको थियो । धनगढी उपमहानगरपालिका १ स्थित सो कब्रिस्तानमा उनको शब गाडिएपछि तनाव उत्पन्न भएको हो । 

प्रकाशित:
2020/10/29, 4:26