सुदूरपश्चिममा १ हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित

५ जनाको आइसियुमा उपचार हुँदै
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार ३ सय १२ पुगेको छ । हाल सम्म १ लाख ५ हजार ६५ जनाको नमुना जाँच गरिएकोमा ९ हजार ३ सय १२ जनामा सङ्क्रमण पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती मध्ये ७ हजार ६ सय ८ जना सङ्क्रमण मुक्त भइसकेका छन् । अब १ हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये सबै भन्दा बढी ८ सय ७७ जना कैलालीमा छन् । प्रदेशका विभिन्न अस्पतालमा ७२ जना सङ्क्रमित उपचाररत छन् । १ हजार २ सय ८४ जना सङ्क्रमित घरको अलग्गै कोठामा बसेर कोरोना सँग लडी रहेका छन् । ५ जनाको आइसियुमा उपचार भइरहेको छ ।  हाल सम्म २२ जना सङ्क्रमितको कोरोना सङ्क्रमणका कारण यो प्रदेशमा मृत्यु भएको छ । 

बिहीबार सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा सङ्क्रमण पुष्टि

बिहीबार सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेलधुरा अस्पताल प्रयोगशाला, बझाङ जिल्ला अस्पताल प्रयोगशाला र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा  गरिएको परीक्षणमा थप १८ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

४ वटै प्रयोगशालामा ३ सय ८७ जनाको परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।सेती अस्पताल प्रयोगशालामा १२ जना, डडेलधुरा अस्पताल प्रयोगशालामा ४, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र कमल बजार नगरपालिकाको प्रयोगशालामा १र१ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ८ सहित आज थप १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ४ जना, वडा नम्बर ३ र ६ का एक एक जना, ठेगाना नखुलेका एक जनामा सङ्क्रमण पुष्टि भएको हो । 

गोदावरी नगरपालिकाका एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका १ जना र ठेगाना नखुलेका ३ जनामा सङ्क्रमण देखिएको छ ।  

 

प्रकाशित:
2020/10/30, 6:58