कैलाली गौरीगंगाकी कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु

Corona Update
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना सङ्क्रमित कैलाली गौरीगंगा नगरपालिका–४ की २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । भक्तपुर अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका–४ की २८ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताइन । उनका अनुसार  मृतक महिलाले छाला र मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेकी थिइन् । कोरोना सङ्क्रमण पुष्टि भई कात्तिक ३ मा अस्पताल भर्ना भएकी ती महिलाको बिहीबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित:
2020/10/30, 7:14