कैलालीको टिकापुरमा प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला र गहना

money
सुदूर प्रेस संवाददाता

धनगढी–इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४ बजेको समयमा टीकापुर–लम्की सडकखण्डमा ड्युटीमा खटिएका प्रहरी हवल्दार नरबहादुर ठगुन्नाले सडक किनारमा रातो ढाकाको लेडिज ब्याग फेला पारेका थिए । उक्त झोलाभित्र  ९९ हजार ६ सय ४० नगद, मोबाइल, एक जोर पाउजु र एटीएम कार्ड रहेको थियो ।

झोला टीकापुर नगरपालिका–१ ब्लक नं १९ का मञ्जु कुँवरको रहेको र उनलाई बोलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । 

प्रकाशित:
2020/10/30, 12:35