कैलाली–कञ्चनपुरका थप २५ जनामा कोरोना पुष्टि

Covid Update
सुदूर प्रेस संवाददाता

धनगढी – धनगढीमा गरिएको परीक्षणमा कैलालीका १६ सहित थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८४ जनाको कोरोना परीक्षण गरिएकोमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले कैलाली १६ र कञ्चनपुरका ९ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । जसमा धनगढी उपमहानगरपालिकाका मात्र ९ जना रहेका छन् । 

यस्तै टीकापुर नगरपालिकाका ३ महिला र १ पुरुष गरी ४ जना, घोडाघोडी नगरपालिकाका २ पुरुष र गोदावरी नगरपालिकाका १ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । यसै गरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ महिला र ५ पुरुष गरी ७ जना, पुनर्वास नगरपालिका र बेल्डाडी गाउँपालिकाका १÷१ जनामा सङ्क्रमण पुष्टि भएको श्रेष्ठले बताए । 

प्रकाशित:
2020/10/30, 4:06