सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई कोरोना संक्रमण

मन्त्री शाहकी श्रीमती र सवारी चालक समेतलाई संक्रमण पुष्टि
mantri prakash shaha
सुदूर प्रेस संवाददाता

धनगढी — सुदूरपश्चिम प्रदेशका  आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  मन्त्री शाहलाई कोभिड-१९ पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ । सामान्य पखाला लागेपछि मन्त्री शाहले शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए ।

मन्त्री शाहकी श्रीमती र सवारी चालक समेतलाई संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । मन्त्री शाह हाल होम आइसोलेसनमै बसेर उपचार गराइरहेका छन् ।

प्रकाशित:
2020/10/31, 5:56