सुदूरपश्चिम प्रदेशमा आज थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

१ हजार ३ सय २४ जना सक्रिय सङ्क्रमित
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये ४६ जना कैलालीका छन् । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशाला, डडेलधुरा अस्पताल प्रयोगशाला, जिल्ला डोटी अस्पताल प्रयोगशाला, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र कमल बजार नगरपालिकाको प्रयोगशालामा गरिएको  परीक्षणमा थप ७१ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । 

आज सेती अस्पताल प्रयोगशालामा ५२ जना, डडेलधुरा अस्पताल प्रयोगशालामा ९, अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा ५ जना, डोटी अस्पताल प्रयोगशालामा ३ जना र जिल्ला अस्पताल बझाङ प्रयोगशाला २ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ९७ जनाको परीक्षण गर्दा थप ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का २५ जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ७ र ८ का एक एक जनामा सङ्क्रमण पुष्टि भएको छ । 

त्यस्तै जानकी गाउँपालिकाका ६ जना, गोदावरी नगरपालिकाका ४ जना र ठेगाना नखुलेका ४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र डडेलधुराको अमरगढी नगरपालिका–५ का एक जनामा सङ्क्रमण देखिएको छ । 

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या  ९ हजार ४ सय २४ पुगेको छ।  सङ्क्रमित मध्ये ८ हजार ७७ जनाले कोरोना जितेका छन् । १ हजार ३ सय २४ जना सक्रिय सङ्क्रमित छन् । 

प्रकाशित:
2020/10/31, 7:40