कञ्‍चनपुरमा बिहेको भोज खाएका ४४ जना बिरामी

birami
सुदूर प्रेस संवाददाता

कञ्चनपुर  बेदकोट नगरपालिका २ बसन्तथलामा बिहेको भोज खाँदा ४४ जना बिरामी परेका छन्। बिहेमा सहभागी भएर भोज खाएर बिरामी भएका ४४ जनामध्ये ३४ जनालाई महाकाली अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। अन्यले स्थानीय मेडिकलमा उपचार गराई घर फर्केका छन्।

भोज खाएकाहरु एकाएक बिरामी पर्न थालेपछि शुक्रबार राति नै सबैलाई अस्पताल भर्ना गरिएको हो। अस्पताल भर्ना गरिएका सबै जनाको अवस्था भने चिन्तामुक्त  छ। बिरामी पर्नेमा बालबालिका र महिलाहरु बढी छन्। 

अस्पतालका चिकित्सकका अनुसार भोज खाएर बिरामी परेकाहरुमा फुड पोइजन भएको हो।

प्रकाशित:
२०७७ कार्तिक १५, ०८:१२
SPA
KN
Priya Gahana Pasal