बाजुराको बुढीगंगामा जिप दुर्घटना हुँदा १ बालकको मृत्यु

Accident
सुदूर प्रेस संवाददाता

बाजुरा–बाजुराको बुढीगंगामा जिप दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ । बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेल काट्या भन्ने स्थानमा फलासैनीबाट आइरहेको  से १ ज ११८० नम्बर जिप दुर्घटना हुँदा सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।  दुर्घटनामा बुढीगंगा नगरपालिका वडा नम्बर ४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरञ्जन नेपाली घाइते भएका छन् ।  जिप र चालक लाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/11/01, 8:11