सुदूरपश्चिम प्रदेशमा आज आंशिकदेखि सामान्य मौसम बद्ली हुने

weather update
आज धनगढीमा देखिएको आकाश
सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र  कर्णाली  प्रदेशमा आज आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।  स्थानीय वायुको प्रभावले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु वासीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अरु प्रदेशको मौसम भने सामान्यतया सफा रहनेछ । यस्तै भोलि वाग्मती प्रदेशबाहेक अरु प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली रहने तर पर्सि देशभरि नै आंशिकदेखि सामान्य बद्ली भएर पहाडी क्षेत्रको एक/दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । 

 बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउन थालेकाले पर्सिलाई फाट्टफुट्ट पानी पर्ने संभावना देखिएको उहाँको भनाइ छ । तर ठूलो पानी भने कतै पनि पर्दैन ।

प्रकाशित:
2020/11/01, 8:35