धनगढी–कैलालीको टिकापुरका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर १ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती पुरूषको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना पोजेटिभ देखिएपछि आईसोलेसनमा राखेर उपचार भईरहेको थियो । उनको स्वास्थ्यमा सुधार नआएको अवस्थामा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।