कैलाली र कञ्चनपुरका थप ३२ जनामा कोरोना पुष्टि

Corona

धनगढी - कैलाली र  कञ्चनपुरका थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा गरिएकोमा परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ का ५ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर १, ४, ७, ८ र १२ का एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ४ जना, टीकापुर नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिकाका २ जना र लम्किचुहा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । उता कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ९ जनामा समेत संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

प्रकाशित:
2020/11/01, 4:33